जनकपुरधाम- मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा डा. सुनीलरञ्जन सिंह नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम डा. सिंहलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी मुख्य न्यायाधिवक्तामा डा. सिंहलाई आजकै मितिदेखि लागू हुने गरी नियुक्त गरिएकाे जनाएकाे छ। सर्लाही जिल्ला, ईश्वरपुर नगरपालिका-१४ निवासी डा. सुनील रञ्जन सिंहलाई मधेश प्रदेशको न्यायिक नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गरिएको कार्यालयले जनाएको छ।
प्रकाशित: २९ पुष २०८२ १८:१३ | Tuesday, January 13, 2026
प्रतिक्रिया





