कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्योल

हिमाल प्रेस २९ पुष २०८२ १७:०७ | Tuesday, January 13, 2026
14
SHARES
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्योल कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको दिउँसो १ बजे बस्ने भनिएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक अन्योल बनेको छ। यसअघि ११ बजेका लागि डाकिएको बैठक १ बजेका लागि सारिएको थियो। नेताहरू दुईपक्षीय वार्तामा व्यस्त भएका कारण बैठक बस्न नसकेको हो।

नेपाली कांग्रेसका कार्यकर्तामा पार्टी फुट्छ कि भन्ने चासो बढेको छ। विशेष महाधिवेशन स्थल भृकुटीमण्डप र पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चहलपहल बढेको छ। दुवै क्षेत्रमा सुरक्षा व्यवस्था बाक्लो बनाइएको छ।

विवाद निरुपणका लागि कांग्रेसको त्रिपक्षीय वार्ता जारी रहेको नेताहरूले बताएका छन्। वार्तामा विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका तर्फबाट नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य छन्। यसैगरी सभापति शेरबहादुर देउवाका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण छन्।

वार्तामा नेता डा‍‍. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सक्रिय छन्। दुई पक्षबीच वार्ता जारी रहेकै बेला विशेष महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अघि बढेको छ।

वार्ता र निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढाउने विषयमा सोधिएको प्रश्नमा विशेष महाधिवेशन पक्षधरका नेता प्रदीप पौडेलले निर्वाचन समिति बनेपछि निर्वाचन प्रक्रिया अघि बढ्नु स्वाभाविक रहेको बताए।

प्रकाशित: २९ पुष २०८२ १७:०७ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast