निर्णायक वार्तामा कांग्रेस नेताहरू

हिमाल प्रेस २९ पुष २०८२ १३:५५ | Tuesday, January 13, 2026
54
SHARES
निर्णायक वार्तामा कांग्रेस नेताहरू

काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच अझै एक चरणको वार्ता हुने भएको छ। मंगलबार बिहानैदेखि वार्ता जारी रहे पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर एक नेताले बताए।

ती नेताले हिमालप्रेससँग भने, ‘वार्ता टुंगिएको छैन। हाम्रो कुरा सनायौँ। अझै एक चरण हुन्छ। त्यो निर्णायक हुनेछ।’ ती नेताका अनुसार संस्थापन पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।

विवाद निरुपणका लागि कांग्रेसको त्रिपक्षीय वार्ता जारी रहेको छ। विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका तर्फबाट  नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य छन्। यसैगरी सभापति शेरबहादुर देउवाका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण छन्।

वार्तामा नेता डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सक्रिय छन्। दुई पक्षबीच वार्ता जारी रहेकै बेला विशेष महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार साँझ ९ बजे मतदान सुरु हुनेछ।

वार्ता र निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढाउने विषयमा सोधिएको प्रश्नमा विशेष महाधिवेशन पक्षधरका नेता प्रदीप पौडेलले निर्वाचन समिति बनेपछि निर्वाचन प्रक्रिया अघि बढ्नु स्वाभाविक रहेको बताए।

प्रकाशित: २९ पुष २०८२ १३:५५ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast