शिक्षा ऐन र नियमावली ल्याउन लागेको छु, अवरोध नगरियोस् : शिक्षामन्त्री पुन

हिमाल प्रेस २९ पुष २०८२ १०:४५ | Tuesday, January 13, 2026
7.9k
SHARES
शिक्षा ऐन र नियमावली ल्याउन लागेको छु, अवरोध नगरियोस् : शिक्षामन्त्री  पुन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूले प्रस्ताव गरेको शिक्षासम्बन्धी ऐन र शिक्षा नियमावली ल्याउन अब जम्मा तीन दिन मात्रै बाँकी रहेको बताएका छन्।

पुस २५, ३० तथा माघ १ र २ गरी चार दिनको समयसीमा उल्लेख गर्दै मन्त्री पुनले यस प्रक्रियालाई असफल पार्ने कुनै पनि प्रयास नगर्न आग्रह गरेका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै आफूले अघि सारेको दूरदृष्टि (भिजन) कानुनी जटिलताका कारण अवरुद्ध नहोस् भन्ने कामना व्यक्त गरे।

‘मैले प्रस्ताव गरेको ऐन र शिक्षा नियमावली ल्याउने समय अब सीमित छ। यसलाई कसैले पनि कानुन तेर्स्याएर असफल नपारिदिन विनम्र अनुरोध गर्दछु,’ उनले उल्लेख गरेका छन्।

उनले आफूले अघि सारेको सुधारमुखी दृष्टिकोणलाई कानुनले नै नछेकून् भन्ने अपेक्षा व्यक्त गर्दै अन्तिम घडीसम्म पर्खने स्पष्ट पारेका छन्। मन्त्री पुनको यो अभिव्यक्ति शिक्षा क्षेत्रमा व्यापक सुधारको बहस चलिरहेका बेला आएको हो।

९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली संशोधनमा महासंघले गर्‍यो सरकारसँग छलफल

शिक्षक सरुवा प्रणाली उल्टिँदै, विव्यस संरचनामा ठूलो फेरबदल

 

प्रकाशित: २९ पुष २०८२ १०:४५ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast