‘रास्वपाले बालेनको राजनीति सिध्याउने रणनीति बनायो’

हिमाल प्रेस २९ पुष २०८२ ९:४६
38
SHARES
‘रास्वपाले बालेनको राजनीति सिध्याउने रणनीति बनायो’ एमाले झापा अध्यक्ष प्रेम गिरी।

काठमाडौँ- नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा ५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताएका छन् ।

अध्यक्ष गिरीले बालेन शाह झापा आउने चर्चाका बीच यस्तो धारणा व्यक्त गरेका हुन् । पार्टी अध्यक्ष ओलीको नाम झापा– ५ बाट एकल सिफारिस भएको जानकारी दिँदै गिरीले बालेन आए एमालेले मतान्तर थप बढाउने जानकारी दिए ।

झापा – ५ मा बालेन आउनुले एमालेलाई केही पनि फरक नपर्ने गिरीको भनाइ छ । पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन, हामीले जनताको काम गरेका छौं, उनले भने, ‘बालेन झापाबाट उम्मेदवार बन्नेमा विश्वास छैन, आइहाले फरक पनि पर्नेछैन ।’

अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृष्य शक्तिले जवरजस्त मिलाएको दावी गरेका छन् । कुलमान जी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन, उनी भन्छन्,‘रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्।’

बालेनलाई अदृष्य शक्तिहरुले नै प्रधानमन्त्री घोषणा गरेको बताउँदै गिरीले उक्त घोषणा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिए ।

‘रास्वपा निर्माण गर्न रवि लामिछाने र अन्य नेता कार्यकर्ताले दुख गरे, प्रधानमन्त्री अर्को मान्छे बनाउने भन्दा मान्ने अवस्था छैन,’ उनले थपे । परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको गिरीको भनाइ छ । पूर्वप्रधानमन्त्री ओलीलाई अप्ठ्यारो बनाउन सकिन्छ कि भनेर बालेन फण्डा गरिएको हुन सक्ने उनको भनाइ छ।

एमाले आफ्नो संगठनको बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा क्षेत्र नं। ५ मा अध्यक्ष ओलीले अत्याधिक मतका साथ विजयी हुने बताए । अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए ।

एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।

प्रकाशित: २९ पुष २०८२ ९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast