१ बजेलाई सर्‍यो कांग्रेस कार्यसमिति बैठक, कार्यदलको बैठक जारी

हिमाल प्रेस २९ पुष २०८२ ९:३२ | Tuesday, January 13, 2026
12
SHARES
१ बजेलाई सर्‍यो कांग्रेस कार्यसमिति बैठक, कार्यदलको बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन पक्षले अहिले ११ बजेलाई बोलाएको केन्द्रीय कार्यसमिति बैठक १ बजेलाई सरेको छ। कांग्रेस संस्थापन स्रोतका अनुसार विशेष महाधिवेशन पक्षसँग वार्ता जारी रहेकाले बैठक धकेलिएको हो।

कांग्रेस संस्थापन पक्षले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशन असन्तुष्टि जनाउँदै आएको छ। उनीहरूले विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने बताउँदै आएका छन्। तर पार्टीलाई एक ढिक्का बनाउन अहिले दुवै समूहबाट गठित कार्यदलको बैठक जारी छ। बैठक जारी रहेका केन्द्रीय कार्यसमिति धकेलिएको स्रोतको दाबी छ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ। यही सन्दर्भमा आकस्मिकरुपमा केन्द्रीय बोलाइएको कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने समेत विशेष महाधिवेशन पक्षले बताएको छ।

प्रकाशित: २९ पुष २०८२ ९:३२ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast