पोखरा- स्याङ्जामा ४० वर्षीया एक जना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका वडा १, माटेथर निवासी ५० वर्षीय सूर्यबहादुर रोका हुन्।
गत २५ पुस मध्यान्ह १२ बजेको समयमा ती महिलालाई जबर्जस्ती करणी गरेको भन्नेबारे जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा अनुसन्धानका लागि सोमबार प्रहरीले पक्राउ गरेको हो।
रोकालाई स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको स्याङ्जा प्रहरीले जनाएको छ।
प्रकाशित: २८ पुष २०८२ १९:३९ | Monday, January 12, 2026
प्रतिक्रिया





