बिजलपुराका जतनपुरको जीवनकथा पुस्तकमा

हिमाल प्रेस २८ पुष २०८२ १७:१६ | Monday, January 12, 2026
8
SHARES
बिजलपुराका जतनपुरको जीवनकथा पुस्तकमा

काठमाडौँ- बिजलपुराका विष्णुप्रसाद पोखरेल जतनपुरे पुस्तक विमोचन भएको छ। पुराना वामपन्थी नेता विष्णुप्रसाद पोखरेलको जीवनी र स्मरणमा आधारित सो पुस्तकको विमोचन वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, चन्द्रदेव जोशी, घनश्याम भुसाल, लक्ष्मी साह र खेम कोइराला ‘बन्धु’ले संयुक्त रूपमा गरेका हुन्।

विमोचन कार्यक्रममा वरिष्ठ अधिवक्ता भण्डारी, जोशी, भुसाल, साह र कोइरालाले आआफ्ना धारणा पनि व्यक्त गर्दै पुस्तक उपयुक्त समयमा प्रकाशित भएको धारणा व्यक्त गरे।

वक्ताहरुले विष्णुप्रसाद पोखरेलको आरोहअवरोहयुक्त जीवनकथाले सबैलाई प्रेरणा र हौसला दिने बताए। समारोहमा पुस्तक सम्पादक ठाकुर शर्माले विष्णुप्रसाद पोखरेलजस्तौ सच्चा राजनीतिक तथा समाजसेवी व्यक्तित्व देशले पाउनु गौरवको कुरा भएको बताउँदै पोखरेलले आफ्नो सम्पत्तिबाट विद्यालय, रेडक्रस लगायतका संस्थालाई जग्गा तथा नगद सहयोग गरेको स्मरण गर्र्दै सबैले उनीबाट सिक्नुपर्नेमा जोड दिए।

पोखरेलका छोरा मणिराज पोखरेलले पुस्तक लेखनको कामकाका रामजीप्रसाद उपाध्याय पोखरेलले थालनी गरे पनि उहाँको असामयिक निधन हुनु बडो दुःखद् भएको बताउँदै अन्ततः पुस्तक प्रकाशित भएकोमा सन्तोष व्यक्त गरे। ८६ वर्षीय पोखरेलको स्मरण र जीवनकथाका कतिपय प्रसंग लोककथाझैं लाग्ने केहीको भनाइ छ।

पोखरेल आफैँ भने आफ्नो जीवन समाजसेवामा बितेको बताउँदै त्यसका केही अंश किताबमा आएको बताउँछन्। ‘म युवा हुँदा मेरा अग्रजले समाज र देश नै परिवार हो भनेर सिकाए,’ पोखरेल भन्छन्, ‘मैले पनि त्यही सिकेँ। मैले केही गरेको छु भने समाजकै लागि गरेँ। जतिन्जेल गोडा चल्ला समाजकै लागि सक्रिय हुन्छु।’

प्रकाशित: २८ पुष २०८२ १७:१६ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast