गगन थापा बन्दसत्र हलमा आउँदा लाग्यो ‘गगन दाइ सभापति जिन्दावाद’ नारा

हिमाल प्रेस २८ पुष २०८२ १२:०१ | Monday, January 12, 2026
16
SHARES
गगन थापा बन्दसत्र हलमा आउँदा लाग्यो ‘गगन दाइ सभापति जिन्दावाद’ नारा सभापति गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।

बन्दसत्र सुरु हुनुअघि पार्टी कार्यकर्ताले गगन थापालाई घेरेर हलभित्र पुर्‍याए। उनलाई स्वागत गर्दै कार्यकर्ताले ‘गगन दाइ सभापति जिन्दावाद’, ‘नेपाली कांग्रेस के भन्छ, गगन थापा सभापति ले भन्छ’, ‘अब पालो युवाको’ र ‘गगन दाइ हाईहाई’ जस्ता नारा लगाएका थिए।

बन्दसत्रको सुरुमा विशेष महाधिवेशनको कार्यविधि निर्माण गर्ने तालिका रहेको छ। त्यसपछि नौ वटा समूह निर्माण गरी विधान संशोधन, नीति तथा नेतृत्व, समसामयिक विषय माथि नीति मन्थन गरिने छ।

नीतिगत छलफलपछि पार्टी नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा निर्णय गरिनेछ। नेतृत्व परिवर्तनको पक्षमा निर्णय भए निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने तयारी छ।

प्रकाशित: २८ पुष २०८२ १२:०१ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast