‘झरीपछिको इन्द्रेणी’ ले कमायो १ करोड १२ लाख

हिमाल प्रेस २८ पुष २०८२ ११:१५ | Monday, January 12, 2026
24
SHARES
‘झरीपछिको इन्द्रेणी’ ले कमायो १ करोड १२ लाख

काठमाडौँ- फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले कमायो १ करोड १२ लाख ग्रस कलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले गत शनिबार पुस २६ गतेसम्म १ करोड १२ लाख ३८ हजार ९ सय ४ रुपैयाँ कमाएको छ। जसअनुसार फिल्मको ३५ हजार ८ सय ४२ वटा टिकट बिक्री भएको छ।

फिल्म पुस ४ देखि हलमा प्रदर्शनरत छ। फिल्म अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेकाे हाे। उनीसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २८ पुष २०८२ ११:१५ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast