समानुपातिकतर्फका उम्मेदवारले आज ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने, के गर्लान् रीमा विश्वकर्मासहितका उम्मेदवारले?

हिमाल प्रेस २८ पुष २०८२ ६:२७ | Monday, January 12, 2026
14
SHARES
समानुपातिकतर्फका उम्मेदवारले आज ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने, के गर्लान् रीमा विश्वकर्मासहितका उम्मेदवारले?

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (सोमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन्।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए। आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भित्रका उज्यालो नेपाल पार्टीका उम्मेदवारले के गर्छन् भन्ने अन्योल छ।

पहिलो रास्वपाबाटै समानुपातिक सूचीमा परेका उज्यालोका रिमा विश्वकर्माहरू अहिले पनि रास्वपामै छन्। तर उज्यालो भने फुटेर पूर्ववर्तमै फर्किएको छ। तर हिजो भने विश्वकर्माले रास्वपामै रहने बताएकी छन्। उनका बारेमा पार्टीले के गर्छ भन्ने चासोको विषय छ।

प्रकाशित: २८ पुष २०८२ ६:२७ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast