फिल्म ‘मातृभूमि’ काे मुख्य भूमिकामा नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङ

हिमाल प्रेस २७ पुष २०८२ १५:०६ | Sunday, January 11, 2026
34
SHARES
फिल्म ‘मातृभूमि’ काे मुख्य भूमिकामा नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङ

काठमाडौँ- फिल्म ‘मातृभूमि’ काे मुख्य भूमिकामा नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङ रहने भएका छन्। फिल्म नरेन्द्रले नै निर्माण गर्न लागेका हुन्। बाँकी कलाकार र प्राविधिकको नाम चाँडै सार्वजनिक गरिने नरेन्द्रले बताए।

दिनेश लिङदेनको कथा र निर्देशन रहने फिल्मको छायांकन नेपालको काठमाडौँ र पाँचथर तथा अमेरिकाको टेक्सास, न्युयोर्कमा हुनेछ। केही दिनपछि शुभ मुहुर्त गरी फिल्मको छायांकन गर्ने टिमको तयारी छ।

फिल्ममा विदेशमा रहेको नेपालीहरूको स्वदेशप्रतिको माया, राष्ट्र, राष्ट्रियताप्रतिको भावना समेटिने नरेन्द्रकाे भनाइ छ। फिल्मको कार्यकारी निर्मातामा कविता राई लिङदेन जोडिएकी छन्।

मोरङ उर्लाबारीमा जन्मिएका नरेन्द्र व्यावसायकाे सिलसिलामा हङकङ हुँदै हाल अमेरिकाको टेक्सासमा बस्छन्। बाल्यकालदेखि नृत्य र साहित्यमा रुची राख्ने नरेन्द्रले सडक नाटक, रंगमञ्च र नेपाली फिल्ममा पनि अभिनय गरेका छन्।

‘क्षितिज पारिको गाउँ’, ‘अँध्यारो बस्ती’, ‘तुम्दङ’ लगायत एक दर्जन नाटकमा अभिनय गरेका उनले तत्कालीन कलाश्री प्रतिष्ठान मोरङले आयोजना गरेको कला प्रतियोगितामा पुर्वाञ्चल प्रथम पुरस्कार पाएका थिए।

राजेश हमाल, सिर्जना बस्नेत, विपना थापा, रोहित थेबेलगायतका कलाकार लिएर फिल्म ‘बगर’ निर्माण गरेका नरेन्द्रले ‘तिम्रै म हो नि’, ‘भेडिगोठ’, ‘पायल’ र ‘फेक फ्रेण्ड’ लगायतका फिल्ममा नायकको भूमिकामा अभिनय गरिसकेका छन्।

उनी हङकङ नेपाल कला साहित्य संघ र एभर ग्रिन मल्टिपल आर्टस एण्ड कल्चरका संस्थापक अध्यक्ष पनि हुन्। उनका केही साहित्यिक सिर्जना पनि छन्।

प्रकाशित: २७ पुष २०८२ १५:०६ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast