कांग्रेसको विशेष महाधिवेशन सुरू, गएनन् देउवा

हिमाल प्रेस २७ पुष २०८२ १४:५९ | Sunday, January 11, 2026
34
SHARES
कांग्रेसको विशेष महाधिवेशन सुरू, गएनन् देउवा

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ।

काठमाडौँको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवा नगएपछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको उद्घाटन गरे। विशेष महाधिवेशन पक्षधरले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतलाई निम्तो पाएको थियो।

देउवा, खड्कालगायतका नेताहरू नपुगे पनि संस्थापननिकट कतिपय नेताहरू भने विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा पुगेका छन्। त्यस्तै नेता डा.शेखर कोइराला पनि विशेष महाधिवेशनमा सहभागी भएका छैनन्।

विशेष महाधिवशेनमा कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ, डिला संग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, चन्द्र भण्डारी, केदार कार्की, उदयशम्शे राण, विनोद चौधरीसहितका नेताहरु सहभागी भएका छन् ।

विशेष महाधिवेशनअन्तर्गत बन्द सत्रमा पार्टीका आन्तरिक लगायतका विषयमा छलफल गर्ने र आवश्यक निर्णय हुने नेताहले जनाएका छन्। ंतर प्रतिनिधिहरुले विशेष महाधिवेशनको बन्दसत्रबाटै पार्टीको नेतृत्व परिवर्तनका लागि दबाब दिने तयारी गरेका छन्।

संस्थापन पक्षको असहमतिकाबीच विशेष महाधिवेशन आयोजना गरे पनि यसका कारण पार्टी विभाजन नहुने बरु थप बलियो र एकजुट भएर अघि बढ्ने उनीहरुको विश्वास छ। विशेष महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पुस २८ गते सोमबार भृकुटीमण्डपको सभाहलमा हुने बताइएको छ।

तोकिएको पार्टीको नियमित महाधिवेशन हुन नसकेपछि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गरिएको थियो।

सोहि अनुसार महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो। कांग्रेस संस्थापन पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको भन्दै विशेष महाधिवशेनलाई अस्वीकार गरेको छ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाखमा नियमित महाधिवेशनको कार्यतालिकालाई अनुमोदन गरिसकेकोले अहिले भइरहेको विशेष महाधिवेशन विधानविपरित रहेको उनीहरूको भनाइ छ। विधानविपरित महाधिवेशन आयोजना गरेर चुनावअघि पार्टीलाई कमजोर बनाउने काम गरिएको संस्थापननिकट नेतारूले आरोप लगाएका छन्।

प्रकाशित: २७ पुष २०८२ १४:५९ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast