कांग्रेसको विशेष महाधिवेशन : उद्घाटनसत्रमा छ रुटबाट गरिदैछ शक्ति प्रदर्शन

हिमाल प्रेस २७ पुष २०८२ ९:०६
18
SHARES
कांग्रेसको विशेष महाधिवेशन : उद्घाटनसत्रमा छ रुटबाट गरिदैछ शक्ति प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई भव्य बनाउन आज छ ठाउँबाट शक्ति प्रदर्शन गरिदैछ। काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १:०० बजे एक भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन गर्ने तय भएको हो। उद्घाटनसत्रलाई शक्ति प्रदर्शनको रूपमा देखाउन आयोजकले बिहान ११:०० बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न ६ वटा मुख्य स्थानबाट जुलुस निकाल्ने तयारी छ।

सुन्धाराबाट सुरु हुने पहिलो रुटमा चितवन, अर्घाखाँची र सुदूरपश्चिमका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ८, ९ र १० का कार्यकर्ताहरू सहभागी हुनेछन्। यो जुलुस वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।

त्यस्तै, नुवाकोट, रसुवा र धादिङका कार्यकर्ताहरू रत्नपार्कमा भेला भएर भृकुटीमण्डप प्रवेश गर्नेछन्। तेस्रो रुट अन्तर्गत पद्मकन्या क्याम्पसबाट बाँके, बर्दिया र मधेश प्रदेशका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ५, ६ र ७ का कार्यकर्ताहरू पुतलीसडक हुँदै अगाडि बढ्नेछन्।

भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र काठमाडौँका क्षेत्र नम्बर २ र ३ का सहभागीहरू शंकरदेव क्याम्पसमा भेला भएर कार्यक्रम स्थल पुग्नेछन्। कमलपोखरीबाट सुरु हुने पाँचौँ रुटमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ का कार्यकर्ताहरू डिल्लीबजार र पुतलीसडक हुँदै जुलुसमा होमिनेछन्।

छैटौँ रुट अन्तर्गत ललितपुर र मकवानपुरका कार्यकर्ताहरू कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर र रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्ने तय भएको छ। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन गरिदैछ। पार्टी संस्थापन एवं सभापति शेरबहादुर देउवा निकटले भने विशेष महाधिवशेनले पार्टीमा फुट आउने आशंका व्यक्त गरेका छन्।

प्रकाशित: २७ पुष २०८२ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast