काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता टुटेपछि नेताहरू आरोपप्रत्यारोपमा लागेका छन्। वैकल्पिक शक्ति मानिएका यी दलहरूको एकता १२ दिनमै भंग भएपछि एकअर्का दलको बारेमा सामाजिक सन्जालमा टिप्पणी गरिरहेका छन्।
उज्यालो नेपालका नेता श्री गुरुङले रास्वपालाई १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानियोस् भन्दै चेतावनी दिएका छन्। उनले विभिन्न कारण खुलाउँदै रास्वपासँग एकता भंग हुनुका शृंखला बताएका छन्।
गुरुङले समानुपातिकतर्फ ११० जनामा हाम्रा १४ जना उम्मेदवारहरुलाई तल पारेको सूची देख्दा स्वाभाविक रूपमा मन चिसिएको बताएका छन्।‘मनमा प्रश्न उठ्यो, तर लक्ष्य एउटै हो भन्ने विश्वासले, “मिलेर अघि बढौँ” भन्ने सोचले, हामीले धैर्यता रोज्यौँ।’ उनले भनेका छन्।
गुरु?ले उज्यालोका नेताको वरीयता तेश्रो दर्जामा हुनुपर्नेमा पाँचौँ धकेलिएपछि र केन्द्रीय सदस्यहरूलाई १२ जनामै सीमित गरिँदै खुला रूपमा उपहास गरिएपछि अवमुल्यन गरिएको महसुस भएको बताएका छन्। ‘हॅुदा हॅुदै।। ३० प्रतिशत उम्मेदवारीको सुरुवाती सहमतिलाई लत्याइॅदै उम्मेदवार बन्न आवेदन दिनुपर्ने अपमानजनक प्रावधान तोकियो,
अझै पनि, हामी समाधानकै खोजीमा दिन–रात भौँतारिरह्यौँ।’ उनले भनेका छन्,‘ किनकि हामी अझै पनि विश्वास गर्थ्यौँ एकता जनताको आवाज हो, राष्ट्रको आवश्यकता हो।’ तर रास्वपा उपसभापति डीपी अर्यालको फोन कलले गर्दा मेहनत सीसा झैँ चकनाचुर भएको बताएका छन्। ‘रवि ज्यूलाई कुलमान ज्युले पटक–पटक फोन गर्नु भयो, तर फोन उठेन। एकताको ढोका बन्द गरियो।
सोसल मिडियामा आधारहीन आरोपको वर्षा हुन थाल्यो।’ उनले भनेका छन्, ‘ हामीले समानुपातिक गुमायौँ, तर आत्मसम्मान गुमाएका छैनौँ। १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानीयोस । हामी सोसल मिडीयामा कमजोर हौला तर राष्ट्र सेवामा हजारौँ गुणा सक्षम छौँ। हामीले तपाईहरु माथिको विश्वास गुमायौँ।’
https://www.facebook.com/shree5kathmandu
https://www.facebook.com/shree5kathmandu



