झापा २ बाट चुनाव लड्ने धर्मशिला चापागाईंको घोषणा

हिमाल प्रेस २७ पुष २०८२ ७:५३ | Sunday, January 11, 2026
झापा २ बाट चुनाव लड्ने धर्मशिला चापागाईंको घोषणा धर्मशिला चापागाई‌।

काठमाडौँ- झापा क्षेत्र नम्बर २ मा आगामी प्रतिनीधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट धर्मशिला चापागाईंले उम्मेदवारी दिने घोषणा गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत उनले उम्मेदवारी दिएकी हुन्। चापागाईं नेकपाको केन्द्रीय सदस्य एवं साविक माओवादी केन्द्रकी प्रभावशाली नेत्रृ हुन्।

यसअघि संविधान सभा सदस्य समेत रहेकी चापागाईं पूर्वराज्यमन्त्री समेत हुन्। द्वन्द्वकालमा पति गुमाएकी चापागाईं पुरानो कम्युनिस्ट नेत्रृमा पर्छिन्। झापा २ मा भने २०७९ सालमा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी बनेका थिए।

प्रकाशित: २७ पुष २०८२ ७:५३ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast