उम्मेदवारको आकांक्षी नै अर्को पार्टीमा

हिमाल प्रेस २७ पुष २०८२ ७:०४
16
SHARES

काठमाडौँ- नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

शनिबार रास्वपाको केन्द्रीय कार्यालयमै गएर उनी पार्टी प्रवेश गरेका हुन्। उनलाई यसअघि नै चुनाव लड्ने नेताका रूपमा चर्चा गरिन्थ्यो । सोही अनुसार यो पटक एमाले दैलेखले क्षेत्र नम्बर १ बाट बस्नेतसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।

पछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले नाम फिर्ता लिए । तर बस्नेत, रविन्द्रराज शर्मा र लिला विसीको नाम पार्टी केन्द्रमै सिफारिस गरिएको छ ।

प्रकाशित: २७ पुष २०८२ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast