एमालेको ढुलमुले नीति : प्रतिनिधिसभा पुनर्स्थापना गर्न लाग्छौँ, चुनावको तयारी पनि गरिरहेका छौँ

हिमाल प्रेस २७ पुष २०८२ ६:३२
12
SHARES
एमालेको ढुलमुले नीति : प्रतिनिधिसभा पुनर्स्थापना गर्न लाग्छौँ, चुनावको तयारी पनि गरिरहेका छौँ

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर सकिएको छ।

ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिए ।

‘समसामयिक विषय, विश्व राजनीतिक परिस्थितिमा छलफल र परामर्श भयो,’ प्रमुख शाहीले भने, ‘खासगरी प्रतिनिधि सभा पुनर्स्थापना, आन्दोलन र निर्वाचनको सिलसिला सँगै अगाडि बढाउने निर्णय गरेको छ ।’

त्यस्तै विश्वस्तरमा देखिएका घटनाक्रमहरूमा क्षेत्रीय र अन्तरार्ष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन, कुनै पनि देशको सार्वभौमिकतालाई सम्मान गर्न तथा अक्षुण्ण राख्नुपर्नेमा बैठकमा छलफल भएको शाहीको भनाइ छ।

अध्यक्ष ओलीले बैठकमा राखेको मन्तव्यलाई नै समसामयिक प्रस्ताव मान्दै पारित गरेको एमालेले जनाएको छ । तीन दिन बस्ने भनिएको बैठक कामको प्राथमिकता र आवश्यकताका आधारमा एकै दिनमा सकिएको एमालेको भनाइ छ ।

प्रकाशित: २७ पुष २०८२ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast