मिलन पाण्डेले काठमाडौँ ९ बाट उम्मेदवारी दिने

हिमाल प्रेस २६ पुष २०८२ ११:५५ | Saturday, January 10, 2026
12
SHARES
मिलन पाण्डेले काठमाडौँ ९ बाट उम्मेदवारी दिने

काठमाडौँ- विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ बाट उम्मेदवारी दिने भएका छन्। यसअघि २०७४ र २०७९ सालमा यही क्षेत्रबाट उम्मेदवारी दिइसकेका पाण्डे उज्वल थापासँगै विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन्।

शिक्षा, उद्यम, युवाको सशक्तीकरण तथा वैकल्पिक राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका पाण्डेले नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने मुद्दामा निरन्तर काम गर्दै आइरहेका छन्।

क्षेत्र न। ९ मै जन्मेका र हुर्केका पाण्डे शिक्षा नीति र उद्यम क्षेत्रमा सक्रिय छन्। पार्टीबाट उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भइरहेको पाण्डेले बताए। ‘पार्टी वा स्वतन्त्र केबाट लड्ने भन्ने विषयमा छलफल भइरहेको छ। एकदुई दिनमा निश्चित हुन्छ। तर चुनाव लड्ने हो।’ पाण्डेले हिमाल प्रेससँग भने। विवेकशील–साझा पार्टी समिक्षा बास्कोटासहितका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भए पनि पाण्डे विवेकशील साझामै छन्। उनले पार्टीलाई रास्वपामा गाभ्ने विषयलाई नमान्ने र उज्जवल थापाबाट स्थापित पार्टीलाई अघि बढाउने बताउँदै आएका छन्।

प्रकाशित: २६ पुष २०८२ ११:५५ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast