लोक गायिका विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक

हिमाल प्रेस २६ पुष २०८२ ९:१४ | Saturday, January 10, 2026
8
SHARES
लोक गायिका विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक

काठमाडौँ- लोक गायिका विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ।

राजनराज शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा विष्णुलाई राजनले नै स्वरमा साथ दिएका छन्। गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज छ।

पुरानो गीतलाई नयाँ भर्सनमा राखिएको हो। गीतको पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर रहेको थियो भने बीबी अनुरागीको एरेन्ज रहेको थियो। अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका हुन्।

गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन छ। भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्मा फिचर छन्। पवन सुस्लिङ्गको छायाङ्कन र सम्पादन भिडियोमा छ।

https://youtu.be/4rZpeaooPX4?si=rKHDrvnIadl8lWu-https://youtu.be/4rZpeaooPX4?si=rKHDrvnIadl8lWu-

प्रकाशित: २६ पुष २०८२ ९:१४ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast