ओलीसँग चुनाव भिड्ने तयारी गरेका रञ्जीतले भने : संसद् विघटन गर्ने र भदौ २३ ल्याउनेलाई रोक्न ढिला नगरौँ

हिमाल प्रेस २६ पुष २०८२ ८:११ | Saturday, January 10, 2026
246
SHARES
ओलीसँग चुनाव भिड्ने तयारी गरेका रञ्जीतले भने : संसद् विघटन गर्ने र भदौ २३ ल्याउनेलाई रोक्न ढिला नगरौँ

काठमाडौँ- अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रञ्जीत तामाङले वर्तमान संकट र अन्धकार हटाउन आफू चुनावी मैदानमा आउन लागेको बताएका छन्। उनले वर्तमान संकट र अन्धकारको जड हटाउन वा पराजित गर्न आफू मैदानमा आउन लागेको बताएका हुन्।

‘नेकपाको दुई तिहाईको संसद विघटन विरुद्धको बेलाको, त्यसबेला नै त्यो प्रतिगमन बिरुद्ध उभिन चाहन्थे चुनावी मैदानमा। किनकि,दोस्रो पटक देश दुर्घटनामा पुर्याउने प्रवृत्ति रोक्नु जरुरी थियो’उनले भनेका छन्,’त्यस बखत रोकिएको भए सायद भदौ २३/२४ देख्नु पर्दैन थियो । अब यो भन्दा ढिलो नगरौँ।’

रञ्जीत यसपटक झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन्। उनको नामा पार्टीले सिफारिस पनि गरेको छ। यो क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हो। उनी ओलीसँग भिड्ने तयारीमा रहेको बताउने गरेका छन्।

प्रकाशित: २६ पुष २०८२ ८:११ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast