आशिका तामाङ काठमाडौँबाटै चुनाव लड्ने

हिमाल प्रेस २६ पुष २०८२ ६:५७ | Saturday, January 10, 2026
20
SHARES
आशिका तामाङ काठमाडौँबाटै चुनाव लड्ने

काठमाडौँ- सामाजिक काम गर्दै आएकी आशिका तामाङले आगामी फागुन २१ को चुनावमा उम्मेदवारी दिने तयारी गरेकी छन्। उनले शुक्रबार सामाजिक सन्जालमार्फत आफू काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको जनाएकी हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु । यसै सन्दर्भमा, म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछ। विशेष गरी जेनजीका भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसद्‌भित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ ।’

उनले उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित भएको बताइन् ।

युवाहरूको सपना, भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्ने उनले विश्वास समेत व्यक्त गरिन् । सबैको सुझाव, समर्थन र आलोचनालाई स्वीकार गर्दै स्वच्छ र सचेत राजनीतितर्फको यात्रामा साथ र सहकार्यको अपेक्षा समेत गरिन् ।

युवा पुस्ताको भावनाको कदर, ​सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा र ​भ्रष्टाचार विरुद्धको निरन्तर लडाइँ आफ्नो अठोट भएको समेत बताइन् ।

प्रकाशित: २६ पुष २०८२ ६:५७ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast