मन्त्री इङ्नामले सम्हाले शहरी विकास मन्त्रालयको जिम्मेवारी

हिमाल प्रेस २५ पुष २०८२ १५:४८
20
SHARES
मन्त्री इङ्नामले सम्हाले शहरी विकास मन्त्रालयको जिम्मेवारी

काठमाडौँ- शहरी विकासमन्त्री कुमार इङ्‍नामले शुक्रबार पदभार ग्रहण गरेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रहेका इङ्‍नामलाई शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी तोकिएपछि शुक्रबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

शहरी विकास पुग्दा मन्त्री इङ्‍नामलाई मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायतका अधिकारीहरुले स्वागत गरेका थिए। सो क्रममा मन्त्री इङ्‍नामले बजेटको अधिकतम सदूपयोग गर्नेगरी काम गर्न निर्देशन दिए।

कुलमान घिसिङले राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले घिसिङले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरुलाई दिएकी थिइन्। जस अनुसार ऊर्जा मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागार्इँ र शहरी विकास मन्त्रालयको कार्यभार इङ्‍नामले सम्हाल्ने गरी तोकिएको छ।

प्रकाशित: २५ पुष २०८२ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast