सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस ७ माघ २०७९ ९:४८ | Saturday, January 21, 2023
सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ- सभामुख देवराज घिमिरेले आज दिउँसो ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।

उनले संसद् भवन, नयाँ बानेश्वरको शंकर हलमा बैठक राखेका हुन्। सभामुखमा निर्वाचित भएपछि पहिलो पटक घिमिरेले राजनीतिक दलसँग छलफल गर्न चाहेका हुन्। गत बिहीबार निर्वाचित घिमिरेले शुक्रबार सपथ ग्रहण र पदभार ग्रहण गरे।

पदभार ग्रहणसँगै उनले सभामुखको भूमिकामा निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा पनि संसद् सचिवालयसँग छलफल गरेका थिए। आजै प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन हुँदैछ।

प्रकाशित: ७ माघ २०७९ ९:४८ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast