‘शिवांश’ को टिजरमा प्रवीण खतिवडाकाे यस्ताे अवतार [भिडियाेसहित]

हिमाल प्रेस २४ पुष २०८२ १५:३३ | Thursday, January 8, 2026
90
SHARES
‘शिवांश’ को टिजरमा प्रवीण खतिवडाकाे यस्ताे अवतार [भिडियाेसहित]

काठमाडौँ- फिल्म ‘शिवांश’ को टिजर सार्वजनिक भएको छ। निर्माणपक्षले आज युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो।

‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु भएको टिजरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा एकल देखिएका छन्। उनी सन्तको भूमिकामा छन्। भिडियोमा उनी हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेकाे देखिन्छ।

ओजपूर्ण आवाज, कलर, दृश्य र संवादसहितको टिजरले कौतुहतता सिर्जना गरेको छ। फिल्मको कथाबारे निर्माण पक्षले हालसम्म केही पनि जानकारी दिएको छैन। टिजरमा पनि कथा सस्पेन्स नै छ।

महाशिवरात्रिको अवसरमा फिल्म फागुन १ मा प्रदर्शन गर्ने टिमको तयारी छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा बनेको फिल्मका निर्देशकमा सन्तोष कुमार आत्रेय हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। निर्मातामा अञ्जान केसी छन्।

प्रवीणसँगै फिल्ममा तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, कुन्दनलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मका लगानीकर्ता अञ्जान केसीकै कथा रहेको फिल्मको पटकथा बारत लिम्बूको छ।

प्रकाशित: २४ पुष २०८२ १५:३३ | Thursday, January 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast