फिल्म ‘किन लाग्छ माया’ को ‘धौले धन्सार’ गीत सार्वजनिक

हिमाल प्रेस २४ पुष २०८२ १२:४६ | Thursday, January 8, 2026
12
SHARES
फिल्म ‘किन लाग्छ माया’ को ‘धौले धन्सार’ गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘किन लाग्छ माया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘धौले धन्सार’ बोलको गीत लोक शैलीमा तयार पारिएको छ।

गीत पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’ ले गाएका छन्। डाक्टर अशाबहादुर तामाङको शब्द रहेको गीतमा पुष्कर सुनुवारले संगीत भरेका छन्।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका कलाकार सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिँउवाला गौतम, नव-नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य देख्न सकिन्छ।

सञ्जित भण्डारी र मोनु खड्काको लगानी गरेको फिल्म कुबेर तामाङको निर्देशन गरेका हुन्।

फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ।

फिल्म राजेन्द्र खड्गीको एक्सन निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिष शाह र नविन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द छ।

प्रकाशित: २४ पुष २०८२ १२:४६ | Thursday, January 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast