फाइल तस्बिर।
काठमाडौँ- प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माको नाम रुकुम पश्चिमबाट एकल सिफारिस भएको छ।
प्रलोपा रुकुम पश्चिमको बुधबार बसेको विस्तारित बैठकले पार्टीका संरक्षक समेत रहेका शर्माको नाम सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ। यसअघि पनि शर्मा सोही क्षेत्रबाट पटकपटक जित्दै आएका थिए।
प्रकाशित: २४ पुष २०८२ १०:१८ | Thursday, January 8, 2026
प्रतिक्रिया





