काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलका शीर्ष नेतासँग निरन्तर भेटवार्ता गरिरहेका छन्।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भेटेका लिङ्देनले आज बिहानै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भेटेका छन्। लिङ्देन लामिछानेलाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।
उनका स्वीकय छत्र खडायतका अनुसार आगामी पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्ता दिन शीर्ष नेतामा लिङ्देन लागेका हुन्। खडायतका अनुसार अन्य दलका नेताहरू समेत भेट्ने तयारी छ।
प्रकाशित: २४ पुष २०८२ ९:५९
प्रतिक्रिया



