सुजन गौतमले गरे अमेरिकाको विश्वविद्यालयबाट अन्तरिक्ष विज्ञानमा पीएचडी

हिमाल प्रेस २४ पुष २०८२ ८:३१
20
SHARES
सुजन गौतमले गरे अमेरिकाको विश्वविद्यालयबाट अन्तरिक्ष विज्ञानमा पीएचडी

म्याग्दी- मालिका गाउँपालिका–६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन्।

गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शीर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गरेका हुन् ।

उनको अनुसन्धान सूर्यबाट निस्कने सौर्यवायु र त्यसमा हुने अस्थिरता तथा सौर्यवायुमा हुने झट्काले अन्तरिक्ष वातावरणमा पार्ने प्रभावसम्बन्धी गहिरो वैज्ञानिक विश्लेषणमा केन्द्रित रहेको छ । विश्वविद्यालयमा रहेको अन्तरिक्ष विज्ञान विभाग तथा अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’ मा विश्वप्रसिद्ध वैज्ञानिक प्राडा ग्यारी जैंकको निर्देशनमा रहेर अनुसन्धान सम्पन्न गरेका हुन् ।

गौतमले अध्ययन अवधिमा अन्तरराष्ट्रियस्तरमा उच्चस्तरीय वैज्ञानिक जर्नलमा थुप्रै अनुसन्धानपत्र प्रकाशित गर्नुका साथै विभिन्न अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलनमा आफ्ना अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिसकेका छन् । ‘ग्रामीण क्षेत्रको सामान्य परिवारबाट शुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुग्दा धेरै सङ्घर्ष, धैर्य र निरन्तर मेहनतको लगानी छ,’ सुजनले भने, ‘यो सफलता मेरो मात्र नभएर परिवार, साथीभाइ, आफन्त, शिक्षक र शुभेच्छुकहरूको साझा उपलब्धि हो ।’

सूर्य र अन्तरिक्षमा हुने गतिविधिले पृथ्वीको सैटेलाइट सिस्टम ९उपग्रह प्रणाली०, रेडियो सञ्चार, मौसम र दैनिक जीवनमा असर पार्ने भएकाले सानैदेखिको रुचिअनुसार जटिल र चुनौतीपूर्ण भए पनि अन्तरिक्ष विज्ञानको अनुसन्धानमा लागेको गौतमले बताए ।

‘सूर्यसँग सम्बन्धित कैयन अनुत्तरित प्रश्नहरू छन्, जो बुझ्न सारा विश्वका वैज्ञानिकहरू लगिपरेका छन्, मलाई पनि त्यही जिज्ञाशाले यो क्षेत्रमा तानेको हो,’ उनले भने, ‘मेरो कामले भविष्यमा सौर्य आँधी, अन्तरिक्ष मौसम र तिनको प्रभावलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ ।’

आन्तरिक्ष विज्ञान तथा सौर्यवायुसम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने गौतमको योजना छ । त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्र विषयमा स्नातक र स्नाकोत्तर पूरा गरेर सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्ट्सभिलको ‘डिपार्टमेन्ट अफ स्पेस साइन्स’मा गएका थिए ।

गौतमले अमेरिकाको विश्व विद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा अनुसन्धान सहायकका रूपमा आफ्ना अनुसन्धान गर्दै आएका छन् । गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक शिल्वाल, वासु बराल र डा विनोद अधिकारीको टोलीले सन् १९६८ देखि सन् २०२३ सम्मको पोखरा र काठमाडौँको मासिक वर्षाको तथ्याङ्कलाई सौर्य गतिविधिको सम्बन्धका आधारमा अध्ययन गरी एक वर्षअघि प्रतिवेदन प्रकाशन भएको थियो । रासस

प्रकाशित: २४ पुष २०८२ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast