काठमाडौँ– हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौडातर्फ आउदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुदाँ घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।
प्रवक्त बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित: २१ पुष २०८२ ६:३६
प्रतिक्रिया



