ताप्लेजुङबाट योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस

हिमाल प्रेस १९ पुष २०८२ २१:१६ | Saturday, January 3, 2026
68
SHARES
ताप्लेजुङबाट योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस

काठमाडौँ– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ।

शनिबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा संघका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेवे तथा कोशी प्रदेशका पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य टंक आङ्बोहाङको नाम सिफारिस गरेको हो।

यस्तै, फुङ्लिङ नगरपालिका उपप्रमुख एवं जिल्ला कमिटी उपसचिव भिमादेवी ओझाको नाम पनि सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष दिपेन पोमुले जानकारी दिए।

भट्टराई २०७४ र २०७९ सालको निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका थिए।

प्रकाशित: १९ पुष २०८२ २१:१६ | Saturday, January 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast