कनकाई पुल नजिक राजमार्गमा शंकास्पद वस्तु फेला

हिमाल प्रेस १९ पुष २०८२ ९:३९
14
SHARES
कनकाई पुल नजिक राजमार्गमा शंकास्पद वस्तु फेला

झापा- कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शंकास्पद वस्तु फेला परेको छ। कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शंकास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको पहिचान र डिस्पोज गर्ने तयारी गरिरहेको बताए।

स्थानीयवासीले उक्त वस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हाल प्रहरीले उक्त स्थानलाई शिलबन्दी गरेको छभने राजमार्गको अर्को छेउबाट सुरक्षित रुपमा सवारीसाधन तथा यात्रीहरुको आवागमन भइरहेको प्रजिअ गेलालले जानकारी दिए।

घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ। शंकास्पद वस्तुको डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित: १९ पुष २०८२ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast