‘बल्छी धुर्बे’ निर्देशित फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

हिमाल प्रेस १८ पुष २०८२ १७:२४ | Friday, January 2, 2026
28
SHARES
‘बल्छी धुर्बे’ निर्देशित फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

काठमाडौँ- निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्माण गरेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिग मुभिजमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो।

तीन मिनेट २० सेकेन्डको ट्रेलरमा ग्रामीण परिवेशमा हुर्केको गणेशको जीवन संघर्षको कथा समेटिएको छ। आफ्नो सपना पूरा गर्न सहर पसेपछि उसले सामना गर्नुपरेको चुनौतीलाई देखाइएको छ।

गणेशको भूमिकामा छन् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’। उनको यो डेब्यु निर्देशकीय फिल्म हो। यही फिल्मबाट उनले  ठूलो पर्दामा डेब्यु गरेका हुन्।

साथै फिल्ममा वर्षा शिवाकोटी, विनोद न्यौपाने, सीतादेवी तिमल्सिना, पदम तामाङ, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, निर्मल शर्मा, माओत्से गुरुङ, पुजन घिमिरे (पुकु), स्वस्तिका लामिछानेलगायत कलाकारले अभिनय गरेका छन्।

बल्छी धुर्बे फिल्म्सले निर्माण गरेको फिलम आगामी माघ १ देखि प्रदर्शन हुनेछ।

प्रकाशित: १८ पुष २०८२ १७:२४ | Friday, January 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast