प्रदेश आयोजना बैंकलाई समस्या नआउने गरी सञ्चालन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

हिमाल प्रेस १७ पुष २०८२ १७:१७
12
SHARES
प्रदेश आयोजना बैंकलाई समस्या नआउने गरी सञ्चालन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउने गरी सञ्चालन गर्न निर्देशन दिएका छन्।

कोशी प्रदेश योजना आयोगको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश आयोजना बैंकमा समावेश भएका योजनालाई छुट्याएर आगामी दिनमा व्यवस्थित र चुस्त ढंगले सञ्चालन गर्न निर्देशन दिएका हुन्।

बसाइँसराइलाई रोक्ने गरी अध्ययन अनुसन्धान गर्न र सो अनुसारको योजना बनाउन पनि मुख्यमन्त्री कार्कीले निर्देशन दिए।

योजनाको प्राथमिकीकरण र सीमित स्रोतसाधनले पुग्ने गरी आयोजनाको छनोट गर्न र प्रदेशका गौरवका आयोजनाको अनुगमन र मूल्यांकन गर्न उनको निर्देशन छ।

बैठकले विभिन्न १२ वटा निर्णय गरेको आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए। प्रदेश आयोजना बैंकलाई विषयगत र तहगत रूपमा एकीकृत गरी एकीकृत प्रणालीको विकास र व्यवस्थापन गर्ने, अन्तर प्रदेश योजना आयोग सम्मेलन गर्ने, प्रदेशका गौरव तथा रूपान्तरणकारी योजना तथा आयोजनाको प्रभावकारी अनुगमन र मूल्यांकन गर्ने निर्णय आजको बैठकले गरेको छ।

कोशी प्रदेश तथ्यांक ऐन २०८२ को नियमावलीको मस्यौदा तर्जुमा र एकीकृत तथ्यांक प्रणालीको विकास गरी प्रदेशमा तथ्यांकलाई व्यवस्थित गर्ने निर्णय समेत गरिएको प्रदेश योजना आयोगले जानकारी दिएको छ।

त्यस्तै, घरपरिवारमा उत्पादन गरिने परम्परागत मदिराको ब्रान्डिङका लागि आवश्यक प्रविधि र कानुनी विषयमा थप अध्ययन गरी अघि बढ्ने र यसलाई न्तिम टुंगाेमा पुर्‍याउने निर्णय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast