हलमा लाग्याे प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ 

हिमाल प्रेस १७ पुष २०८२ ११:५५
8
SHARES
हलमा लाग्याे प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ 

काठमाडौँ- फिल्म ‘एक्लो’ आजदेखि हलमा प्रदर्शन भएको छ। फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्।

साइन्स-फिक्सनमा आधारित फिल्म हलिउडस्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यसहित निर्माण गरिएको निर्देशक शाहीले बताए।

फिल्ममा बेलायती अभिनेता जेमी बेकनसहित प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकारले अभिनय गरेका छन्।

एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ले गरेका हुन्।

प्रकाशित: १७ पुष २०८२ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast