साधना घरमा नाटक ‘भट्टी टेल्स’ मञ्चन सुरु

हिमाल प्रेस १७ पुष २०८२ ११:०६ | Thursday, January 1, 2026
64
SHARES
साधना घरमा नाटक ‘भट्टी टेल्स’ मञ्चन सुरु तस्बिर : साधना घर थिएटर

काठमाडौँ- सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजकाे साधना घर थिएटरमा नाटक ‘भट्टी टेल्स’ मञ्चन सुरु गरिएको छ। सामाजिक कथामा आधारित नाटक पुस १६ देखि नाटकको मञ्चन सुरु गरिएको हो।

नाटक जेम्स ढकालको लेखन तथा निर्देशनमा बनेको छ। उनी ओस्कार कलेजका १४ औँ ब्याचका विद्यार्थी हुन्।

‘भट्टीमा आउने मानिसहरुलाई अक्सर जड्याहाका रुपमा मात्रै हेरिन्छ। तर उनीहरू पनि आफ्नै जीवनका उतारचढावसँग जुधिरहेका पात्र हुन्,’ नाटकबारे जानकारी दिँदै निर्देशक ढकालले भने, ‘यस्ता पात्रहरू अक्सर बेवास्ता गरिएका हुन्छन्। भट्टी टेल्स तिनै बेवास्ता गरिएका पात्रहरुको कथा चित्रण गर्ने नाटक हो।’

नाटकमा १३ जना पात्रहरु छन् जसको कथा एउटा भट्टीको वरिपरि घुम्छ। नाटकमा कलाकार सुदाम सिके र वेदना राईले मुख्य पात्रका रुपमा अभिनय गरेका छन्। मुख्य पात्रकै जीवनमा अन्य पात्रहरू ठोक्किन आइपुगेका छन्।

सुदाम र वेदनासहित नाटकमा रूपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रतराज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटी र थार्चेन लामाले अभिनय गरेका छन्।

ओस्कर कलेजको प्रस्तुति रहेको नाटक फ्र्याङ्क्लिन एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा बनेको हो। आगामी माघ ३ सम्म नाटक मंगलबारबाहेक हरेक साँझ ५ः १५ बजे र शनिबारको दिउँसो १ बजे मञ्चन हुने छ।

प्रकाशित: १७ पुष २०८२ ११:०६ | Thursday, January 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast