रवि भन्छन्- समानुपातिक सूचीमा पर्न नहुने मान्छे रहेछन् भने नाम काटिन्छ

हिमाल प्रेस १६ पुष २०८२ १६:३७ | Wednesday, December 31, 2025
12
SHARES
रवि भन्छन्- समानुपातिक सूचीमा पर्न नहुने मान्छे रहेछन् भने नाम काटिन्छ

पाेखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समानुपातिकतर्फको बन्दसूचीमा विधिविपरीत नाम परेको भए काटिने बताएका छन्।

बुधबार पोखरामा सञ्चारकर्मीसँग बोल्दै लामिछानेले पार्टीको बन्दसूचीमा परिवारवाद र विधिविपरीत नाम समावेश भएको विवादबारे प्रतिक्रिया दिँदै सूचीको समीक्षा गर्ने बताएका हुन्।

‘हामी सचेत छौं। समयले गर्दा अरू पनि केही विवाद छन् कि भनेर हामी कुरिरहेका छौं। पर्न नहुने मान्छे परेको रहेछ, कुनै पनि हिसावले विधिभन्दा बाहिर रहेछ भने त्यो नाम काटिन्छ,’ सभापति लामिछानेले भने।

उनले पार्टीको विधानमा नै परिवारवादलाई निषेध गरिएको र राइट टु रिकलसम्बन्धी व्यवस्था गरिएको स्पष्ट पारे।

उनले भने, ‘परिवारवादमा रास्वपा स्पष्ट छ। विधानले नै दिँदैन। कथंकदाचित सबै विधिहरू नाघेर कोही जानु नै भएछ भने पनि राइट टु रिकलसम्बन्धी व्यवस्था रास्वपाको विधानले गरेको छ।’

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा समावेश नामहरूप्रति विभिन्न टिकाटिप्पणी भइरहेको छ।

प्रकाशित: १६ पुष २०८२ १६:३७ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast