काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अब अन्योलको अवस्थाबाट बाहिर निस्किएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित एक कार्यक्रममा सरकार र प्रधानमन्त्री सुशीला कार्कीप्रति धन्यवाद व्यक्त गर्दै प्रचण्डले निर्वाचन नै देशको निकास भएको धारणा स्थापित भएको बताए।
अब सबै राजनीतिक दल र आम नागरिक निर्वाचनको मानसिकतामा अगाडि बढ्ने वातावरण बनेको उनले बताए।
‘विगतमा निकै अप्ठ्यारो अवस्था थियो। विभिन्न चुनौती, जटिलता र समस्याहरूका बीच पनि निर्वाचन नै देशको निकास हो भन्ने दृढता सरकारले देखायो’, कार्यक्रममा प्रचण्डले भने, ‘त्यसले सबै राजनीतिक दल र जनतालाई निर्वाचनको दिशामा अघि बढ्न प्रेरित गरेको छ। त्यसका लागि सरकार र त्यसको नेतृत्व विशेष धन्यवाद।’
उनले राजनीतिक स्थिरता र निकासका लागि निर्वाचन अपरिहार्य रहेको दोहोर्याउँदै अब देश क्रमशः सामान्य अवस्थामा फर्किँदै गएको बताए।





