काठमाडौँ- फिल्म ‘आ बाट आमा’ माल्टामा प्रदर्शन हुने भएको छ। निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल र विकाश ढुंगानाबीच सम्झौता भएको हो।
निर्देशक चन्द्र पन्त निर्देशित फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। फिल्म आगामी माघ १६ देखि प्रदर्शन हुनेछ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ।
प्रकाशित: १६ पुष २०८२ १५:१०
प्रतिक्रिया



