‘कांग्रेसको समानुपातिक सूचीमा अवसर नपाएकालाई प्राथमिकता’

हिमाल प्रेस १४ पुष २०८२ १८:१८ | Monday, December 29, 2025
32
SHARES
‘कांग्रेसको समानुपातिक सूचीमा अवसर नपाएकालाई प्राथमिकता’

काठमाडौँ- नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित गरेको छ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति  बैठकले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। यसपटक विगतमा अवसर नपाएकालाई प्राथमिकता दिएको उनले बताए।

त्यस्तै युवाका साथै पुराना योगदान गरेका र समावेशी आधारमा समानुपातिक बन्द सूची तयार गरिएको उनले जानकारी दिए।

उनले पहिला समानुपातिकमा अवसर पाएकालाई यसपटक समानुपातिकमा नराखिएको उल्लेख गरे।

प्रकाशित: १४ पुष २०८२ १८:१८ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast