एनभीए भलिबल : महिलातर्फ न्यु डाइमन्ड सेमिफाइनल नजिक

हिमाल प्रेस १४ पुष २०८२ १६:५१ | Monday, December 29, 2025
16
SHARES
एनभीए भलिबल : महिलातर्फ न्यु डाइमन्ड सेमिफाइनल नजिक

काठमाडौँ- न्यु डाइमन्ड स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलनजिक पुगेको छ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै डाइमन्ड स्पोर्ट्स क्लब सेमिफाइनलनजिक पुगेको हो। न्यु डाइमन्डले आर्मीलाई २५–१७, २५–१७, २५–१७ ले पराजित गरेको हो।

त्यसअघि सोमबार नै भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर जितका साथ क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषतर्फको खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्वार्टरफाइनलमा प्रवेश गरेको हो। पहिलो सेट २५–१९ ले जितेको आर्मीले त्यसपछिका दुई सेट २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

त्यस्तै सोमबार नै भएको पुरुषतर्फको अर्को खेलमा जावलाखेल भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर क्वार्टरफाइनलमा प्रवेश गरेको हो। रुकुमले २५–२०, २५–१८, २२–२५ र २५–१८ ले जितेको हो।

नेपाल पुलिस क्लब र टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लब यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन्।

प्रकाशित: १४ पुष २०८२ १६:५१ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast