केदार संकेतले ल्याए कथासङ्ग्रह ‘अन्तिम साँझ’

हिमाल प्रेस १४ पुष २०८२ १६:४२ | Monday, December 29, 2025
24
SHARES
केदार संकेतले ल्याए कथासङ्ग्रह ‘अन्तिम साँझ’

काठमाडौँ- बेलायतमा बसोबास गर्दै आएका स्रष्टा केदार संकेतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण भएको छ। ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा पुस्तक महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा लोकार्पण गरिएको हो।

महाकाव्यकार खेमनाथ दाहालले संकेतका पुस्तकमा प्रस्तुत कथाहरू नयाँ शैलीमा लेखिएको भन्दै आफू ती कथाबाट प्रभावित भएको बताए ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार प्रगति राईले केदार संकेतका कथाहरू फरक धारमा आएको उल्लेख गरिन्। उनले पुस्तकमा यथार्थवाद र प्रयोगवादलाई प्रश्रय दिएको राईको बुझाई थियो।। ‘स्रष्टा संकेतको कथाहरू यथेष्ट परिमार्जित र परिष्कृत बनेको छ।’ उनले भनिन्, ‘आगामी लेखनकर्म अझ सशक्त रूपमा अघि बढोस् शुभकामना!’

संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले केदार संकेतका कलात्मक प्रस्तुति र कथाहरू नेपाली साहित्यको समृद्धिमा योगदान दिने खालको रहेको जिकिर गरे।

पुस्तकका लेखक केदार संकेत बेलायत नै भएकोले भिडियो कलमार्फत नै आफ्नो मन्तव्य राखे। पाठकको प्रतिक्रियालाई परिमार्जन गर्दै आगामी लेखनकर्म परिमार्जन गर्दै अघि बढ्ने उनले बताए।

कार्यक्रममा गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार, सानु श्रेष्ठ, सोजुहाङ किराँत, गंगाप्रसाद भेटवाल, जयराम बिडारी, अक्कल कुवँरलगायत लेखक तथा साहित्यकारहरू उपस्थिति थिए। कार्यक्रम मिलाप पब्लिकेसनले आयोजना गरेको हो।

प्रकाशित: १४ पुष २०८२ १६:४२ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast