बयान दिन सिंहदरबारमा पूर्वगृहमन्त्री रमेश लेखक

हिमाल प्रेस १४ पुष २०८२ १२:३६ | Monday, December 29, 2025
14
SHARES
बयान दिन सिंहदरबारमा पूर्वगृहमन्त्री रमेश लेखक पूर्वगृहमन्त्री रमेश लेखक। फाइल तस्बिर।

काठमाडौँ- पूर्वगृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे बयान दिन जाँचबुझ आयोगको कार्यालयमा उपस्थित भएका छन्।

सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेका लेखकले घटनाक्रमबारे बयान दिँदै आवश्यक विवरण तथा तथ्य प्रस्तुत गर्दैछन्।

आयोगका पदाधिकारीसँगको छलफलमा लेखकले घटनाको पृष्ठभूमि, त्यस क्रममा भएका गतिविधि र त्यसपछिका अवस्थाबारे जानकारी गराउने बताइएको छ।

भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य पत्ता लगाउन गठन गरिएको जाँचबुझ आयोगले सरोकारवाला व्यक्तिहरूलाई क्रमशः बोलाएर बयान लिने काम गरिरहेको छ।

आयोगले घटनासँग सम्बन्धित सबै पक्षको बयान, प्रमाण र कागजात संकलन गरी निष्कर्षसहितको प्रतिवेदन सरकारसमक्ष बुझाउने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित: १४ पुष २०८२ १२:३६ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast