‘आ बाट आमा’ को शीर्ष गीतमा अभिनय गरेवापत ५० हजार जित्ने अवसर

हिमाल प्रेस १४ पुष २०८२ ११:४२ | Monday, December 29, 2025
18
SHARES
‘आ बाट आमा’ को शीर्ष गीतमा अभिनय गरेवापत ५० हजार जित्ने अवसर

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो।

प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको शीर्ष गीत गाउनुपर्ने छ भने अभिनयमा रुचि हुनेले अभिनय गर्नुपर्ने छ। आ-आफ्नो विद्यामा भिडियो निर्माण गरेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गरेको हुनुपर्नेछ। सो मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ।

उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी हुनेले भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp मेन्सन गर्नुपर्नेछ।

आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’ को उक्त गीत अहिले सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी गरेका छन्। फिल्म आगामी माघ १६ देखि प्रदर्शन हुनेछ।

प्रकाशित: १४ पुष २०८२ ११:४२ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast