जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण हुने

हिमाल प्रेस १३ पुष २०८२ २१:१९ | Sunday, December 28, 2025
22
SHARES
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण हुने

काठमाडौँ- जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण हुने भएको छ। काठमाडौँमा आइतबार भएको दुवै पार्टीका पदाधिकारीहरूको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो।

सहमतिपत्रमा लोसपा नेपाल अध्यक्ष महन्थ ठाकुर र जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी एकीकरणको निर्णय भएको’ विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १३ पुष २०८२ २१:१९ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast