एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा

हिमाल प्रेस १३ पुष २०८२ २१:०८
6
SHARES
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा

काठमाडौँ- जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण यसै महिना पोखरामा आयोजना हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज (आइतबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले गत भदौ २९ गते हुने भनिएको अवार्ड कार्यक्रम यही पुस २३ गते आयोजना हुन लागेको हो।

आजदेखि पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको सो अवसरमा जानकारी दिइयो। मञ्चका महासचिव अञ्जन खड्काले भने, ‘विगतमा पिपल्स च्वाइसको मनोनयन रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए। त्यहीँबाट भोटिङ प्रकृया सुरु हुनेछ।’ उक्त विधामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन्।

त्यसै गरी स्पोर्ट्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ। त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोर्ट्स समिट पनि हुने आयोजकले जनाएको छ। मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायनमान बनाउन स्पोर्ट्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद अर्थतन्त्रबारे बहस हुने बताए।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छ। त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनही एक लाख रूपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: १३ पुष २०८२ २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast