स्वतन्त्र पार्टीबाट इन्दिरा राना उपसभामुखको उम्मेदवार, प्रस्तावकमा सोबिता गौतम

हिमाल प्रेस ६ माघ २०७९ ११:४६ | Friday, January 20, 2023
स्वतन्त्र पार्टीबाट इन्दिरा राना उपसभामुखको उम्मेदवार, प्रस्तावकमा सोबिता गौतम इन्दिरा राना

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठकले उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ।

शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उपसभामुखमा रानामगरलाई उठाउने निर्णय गरेको हो। उपसभामुखको उम्मेदवारका रूपमा पार्टीकी सांसद सोबिता गौतम प्रस्तावक रहेकी छन्।

झापाकी मगर समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सांसद सोबिता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ।

उपसभामुखका लागि भोलि शनिबार चुनाव हुँदैछ। आज उपसभामुखको मनोनयन दर्ता गर्नुपर्नेछ। सत्ता गठबन्धनबाट रास्वपाले उम्मेदवारको टुंगो लगाएसँगै प्रतिपक्ष दलहरू पनि उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेका छन्।

प्रकाशित: ६ माघ २०७९ ११:४६ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast