सुरु भयाे चर्चित टेलिसिरियल ‘नागिन’ को सातौं शृङ्खला

हिमाल प्रेस १३ पुष २०८२ १४:०२ | Sunday, December 28, 2025
30
SHARES
 सुरु भयाे चर्चित टेलिसिरियल ‘नागिन’ को सातौं शृङ्खला

काठमाडौँ- भारतको चर्चित टेलिसिरियल ‘नागिन’ को सातौं सिजन सुरु भएको छ। अंग्रेजी मिति डिसेम्बर २७ अर्थात् नेपालीमा पुस १२ देखि सिरियलको प्रसारण सुरु गरिएको हो।

सातौं सिजनको मुख्य भूमिकामा प्रियंका चाहर चौधरी र नामिक पलले अभिनय गरेका छन्। यी दुबै सिरियलका चर्चित कलाकार हुन्।

जसमा आतंकवादीले २०२५ को महाकुम्भको मेलामा भारतमा आक्रमण गर्ने योजना बनाएको खुलाएको छ। उक्त आतंक रोक्न महाशेष नागिनको अनन्तकी रक्षक अनन्ताको कस्तो भूमिका रहनेछ आगामी एपिसोडमा हेर्न पाइनेछ।

सिरियल कलर्स टिभीमा शनिबार र आइतबार राती ८ बजे प्रशारण हुनेछ।

सिरियलकी निर्मात्री एकता कपूर हुन्। सिरियलको यसअघिका सबै शृङ्खला निकै चर्चित बनेको थियो।

प्रकाशित: १३ पुष २०८२ १४:०२ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast