काठमाडौँ- नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पनि चार खेल हुँदैछन्। नेपाल भलिबल संघका अनुसार आज महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने भएका हुन्। भलिबल संघले आजदेखि खेल तालिकामा सामान्य हेरफेर गरेको छ।
जसअनुसार बिहान १० बजे सुरु हुने पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी र चुली युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै दिउँसो १२ बजे महिलातर्फ नै सुदूरपश्चिम प्रदेश र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।
पमरिमार्जित तालिकाअनुसार दिउँसो २ बजे पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब र मणिमुकुन्द भलिबल क्लब तथा अपराह्न ४ बजे नेपाल पुलिस क्लब र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: १३ पुष २०८२ ८:५३
प्रतिक्रिया




