यी हुन् रवि–बालेन सहमतिका साक्षी पात्र

हिमाल प्रेस १३ पुष २०८२ ८:०३ | Sunday, December 28, 2025
46
SHARES
यी हुन् रवि–बालेन सहमतिका साक्षी पात्र

काठमाडौँ- आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ आगामी दिन एक भएर जाने सहमति जुट्यो। उनीहरूले एक सहमतिपत्रमा हस्ताक्षर गर्दै रास्वपामै रहने गरी सहमति गरे। उनीहरूबीच एक बनाउन भने दोस्रो स्तरका नेताहरूले भूमिका खेलेका थिए।

यसअघि बालेनको तर्फबाट उनका स्वकीय सचिव कुमार बेनसहितले भूमिका खेले भने रविको तर्फबाट असिम शाह, आसिफ शाह, निश्चल बस्नेतसहितको योगदान थियो। आज बिहानको सहमतिका क्रममा पनि बाक्लो संख्यामा दोस्रो स्तरका नेता देखिएका थिए।

बालेन–रवि र उनीहरू निकटले सार्वजनिक गरेका तस्बिरमा दर्जन नेताहरू साथमा देखिएका थिए। बालेन–रवि सहमतिमा रास्वपा उपसभापति डीपी अर्याल, अर्का उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल, असिम साह त्यहाँ उपस्थित थिए। त्यसैगरि कुमार बेन, सुदिप ढकाल, जेनजीका एक जना अगुवा केपी खनाल, भुपदेव शाह, कलाकार निश्चल बस्नेत लगायत पनि सहभागी थिए।

सम्झौता पत्रमा हस्ताक्षर पछि रवि र बालेनले अंगालो हालेर तस्बिर खिचाएका थिए।

प्रकाशित: १३ पुष २०८२ ८:०३ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast